बिन्दवासनी गाँउपालिकामा सरसफाई तथा खानेपानी सम्बन्धि एक दिने समिक्षा गोष्ठी सम्पन्न

0
208
Ad_Article_Top
Share


वीरगंज, असार २४,संजिव मिश्र
पर्साको विन्दवासिनी गाउँपालीका स्तरिय सरसफाई तथा खानेपानी सम्बन्धी एक दिने योजना तर्जुमा समिक्षा गोस्ढी सम्पन्न भएको छ । गाउँपालीका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा एवम प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको प्रमुख आतिथ्यमा गोस्ठी समपन्न भएको थियो । प्रमुख जिल्ला अधिकारी भटराईले विन्दवासिनी गाउँपालीकाले गर्दा जिल्ला खुल्ला दिशामुतm नहुने सम्भनवना बढेको बताउनुभयो । घरमा शौचालय नभएका ब्यतिmको सेवा सुविधा रोक्का गर्न र गाउँपालीकाले सिपारिस गरेमा जिल्ला प्रशासन कार्यालयले नागरिक्ता बनाउन रोका गर्ने बताउनुभयो । शिक्षक र बिधार्थीहरुको शौचालय फरक नभई एउटै प्रकारको हुनुपर्ने र शिक्षकले प्रयोग गर्ने शौचालयमा ताला नलगाउन आग्रह गर्नुभयो । इज्जत कमाउने गार्हो छ तर फाल्ने गार्हो छैन र आफु सुतिरहेपछी अर्काले सहयोग गर्दैन भन्ने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । गोस्ठीमा वडा नं ४ ले हिजो खुल्ला दिशाामुतm क्षेत्र घोषणा गरेको हुनाले वडा अध्यक्ष अनोज कुमार चौरसियालाई बधाई समेत दिनुभयो । आफुबाट हुन सक्ने सहयोग गर्न तयार रहेको प्रजिअ भटराईले बताउनुभयो । गोस्ठीमा गाउपालीका अध्यक्ष श्रीलाल साह कानुले वडा अध्यक्षहरुलाई बारमबार ताकृदा गर्दा पनि वडा अध्यक्षहरुले कुरा नसुनेको बताउनु भयो । गाउँपालीकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पालीकाबाट हुन सक्ने समपूर्ण सेवासुबिधा दिने अध्यक्ष कानुले बताउनुभयो । भर्दौ १ गतेसम्म गाउँपालीकालाई खुल्ला दिशोमुक्त क्षेत्र घोषणा गर्न स्वास्थय कर्मी, सुरक्षाकर्मी, शिक्षकहरु समेतलाई जनचेतना जगाउन आग्रह गर्नुभयो । गोस्ठीमा उपाध्यक्ष किरण देबी गुप्ताले गाउँपालीकाको प्रतिस्ठा बढाउन सबै बर्ग, समुदायमिली गाउँपालीकालाई खुल्ला दिशाामुतm क्षेत्र घोषणा गर्न आग्रह गर्नुभयो । यूनीसेफका बोधनारायण श्रेष्ठले गोष्ठीको उदेस्य, जिल्लाको सरसफाई अभियानको जानकारी, सरसफाईको अवस्था, समस्या र सुुुझावबारे जानकारी, विभिन्न निकायको भुमिका, पालीकालाई कसरी खुल्ला दिशामुक्तm बनाउन सकिन्छ भन्ने बारेमा कार्ययोजना, र गाउँपालीकाभित्र रहेका घरधुरीमा चर्पी भएका नभएका बारेमा प्रकाश पार्नुभएको थियो । गोस्ठीमा प्रमुख प्रशाासकिय अधिकृत सुजित कुमार शाह, वडा अध्यक्ष सुकदेव राउत अहिर, अनोज कुमार चौरसिया, वडा सदस्यहरु, विधालयका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी लगायतको उपस्थीति रहेको समाजिक विकास प्रमुख रामप्रवेश साहले बताउनुभयो । युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here