अज्ञात समुहद्वारा बिद्यालयको टेबुल कुर्सी तोडफोड

0
306
Ad_Article_Top
Share

वीरगंज, असार २५
वीरगंज २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा गएराती अज्ञात समुहले टेबुल कुर्सी तोडफोड गरी क्षति पु¥याएका छन । अज्ञात समुहले कक्षा ६ को ३५ थान टेबल कुर्सी तोडफोड गरेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिनुभयो । टेबल कुर्सी तोडफोड भएसंगै कक्षा ६ को पठन पाठन प्रभाबित भएको र करिब डेढ लाख बराबरको क्षति भएको बिद्यालयका प्रधानाध्यापक बिजय पोखरेलले जानकारी दिनभयो । यस अघि पनि बिद्यालयबाट मोटर,पखाँ चोरी भइसकेको प्रअ पोखरेलले जानकारी दिनुभयो । तोडफोड घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here