खानेपानी गुणस्तर तथा निगरानी कार्यक्रम सम्पन्न

0
102
Ad_Article_Top
Share

वीरगंज,असार २६
पर्साको बिन्दवासनी गाँउपालिकामा खानेपानी गुणस्तर निगरानी तथा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाका सह संयोजक रामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पाँचै वडाका ५३ वटा धाराको पानी परिक्षण गरिएको थियो । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको प्रमुख आतिथ्यमा परिक्षण कार्यक्रम सम्पन्न भएको हो । गाँउपालिका भित्र दुईवटा पानी ट्यांकीको पानी सप्लाई व्यवस्थित नभएकोले संचालन नभएको पालिका अध्यक्ष कानुले बताउनुभयो । अध्यक्ष कानुले आउँदो दिनहरुमा पानीमा भएको आरसेनिक र किटाणु चेकजाँच गर्नको लागि बिस्तृत रुपमा योजना चलाउने जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यक्ष किरण देवि गुप्ताले वडा वडामा गई व्यापक रुपमा खानेपानीको चेकजाँच गर्ने चेकजाँचको बारेमा प्रचारप्रसार गर्ने योजना अगामी बजेटमा रकम छुटाउने समेत बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्राबिधिक राजेन्द्र प्रसाद चौरसियाले ७० प्रतिशत रोग पानीले गर्दा लाग्ने भएकोले पानीको शुद्धतामा ध्यान दिन जरुरी भएको बताउनुभयो । कार्यक्रममा प्राबिधिक चौरसियाले पानीको कल्चर गरेर १८ घण्टामा पानीको रिपोर्ट आउने बताउनुभयो । वडा नम्बर १ मा दश वटा , २ मा १२ वटा, ३ मा ८ वटा, ४ मा ११ वटा र ५ को १२ चप्पाकलको पानी परिक्षणको लागि संकल्न गरिएको स्वसथ्य संयोजक नरेश प्रसाद चौहानले बताउनुभयो । दुई दिनपछि चेकजाँच गरेको प्रतिवेदन गाँउपालिकालाई बुझाउने अर्का प्राबिधिक रामविश्वास साहले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखाका सोनालाल चौरसिया, समाजिक शाखा प्रमुख रामप्रवेश साह लगायतको उपस्थिती रहेको थिथो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here