लगातारको पानीले बिन्दवासनी गाँउपालिका डुवानमा

0
196
Ad_Article_Top
Share

वीरगंज, असार २७
पर्साको बिन्दवासनी गाँउपालिका पानीले गर्दा डुवानमा परेको छ । गाँउपालिकाको गदौल, बहुअर्वा, झौवा ,ईटयाहि, अमरपटी ,मधवल,प्रसौनी ,भाठा, हसवा, बरसवरा गाँउ डुवानमा परेको छ । उपाध्यक्ष किरणदेवी गुप्ताले प्रसौनीमा बाढीको अनुगमन गर्नुभएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाले अमरपटि मधवलमा भएको डुवानको निरिक्षण गर्नुभएको छ । पानीको निकास नभएकोले समस्या भएको र यसको निकासको लागि गाँउपालिकामा पहल गर्ने वडा अध्यक्ष चौरसियाले बताउनुभयो । त्यसैगरी वडा अध्यक्ष संजय चौहानले बहुअर्वा र गर्दौलमा अनुगमन गर्नुभयो । घरमा पानी पसेकोले खाना पकाउन समस्या भएको स्थानियले बताए । यसैगरी वडा अध्यक्ष सागिर मियाँ,सल्मा खातनु, र सुकदेव राउत अहिरले पनि आ आफनो वडामा अनुगमन गर्नुभएको छ । सो अवसरमा वडा सदस्य गम्भिर साह, बिन्दा प्रसाद कलवारको समेत सहभागिता रहेको थियो ।त्यसैगरी पोखरीया नगरपालिकाको बैरिया र वर्वामा पनि पानीले क्षति पुरयाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here