गुरु पुर्णिमाको अवसरमा पुरीपिठ एवं रामराज परिषद नेपालद्वारा अध्यात्म प्रवचन एवं महारुद्राभिषेक शुरु

0
169
Ad_Article_Top
Share


वीरगंज,असार ३१
गुरु पुर्णिमाको अवसरमा वीरगंजको माईस्थानमा दुई दिने गुरु महिमा अध्यात्म प्रवचन एवं महारुद्राभिषेक शुरु भएको छ । दुई दिने कार्यक्रमको रामराज परिषद नेपालका राष्ट्रिय अध्यक्ष धर्मेन्द्र पटेलले हिजो पिपलको बोटमा जल चढाई उद्घाटन गर्नुभएको थियो । रामराज परिषद नेपालका महानगर कमिटी संयोजक अजय किसोर सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पुरी पिठका सर्वेक्षक डा. अनिल कुमार झा, पंडित पुरुषोत्तम दुवे, पुरी पिठका राजनारायण मिश्र, वृजमोहन तिवारी, रम्भा मिश्र, देव प्रकाश पटेल,बिष्णु पटेल, राज चौरसिया, मुन्ना सर्राफ, मुन्ना गुप्ता, अजय केसरी, सुनिता देवी अग्रवाल,बाबा भारती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी धर्मेन्द्र पटेलले नेपालमा सुख शान्ति तथा आत्म सन्तुष्टिको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले धर्म संस्कृतिको रक्षा गर्नु हामी सवैको कर्तव्य भएको बताउदै आफनो रितिरिवाज धर्म संस्कृतिको रक्षा गर्नु सवैको धर्म भएको बताउनुभएको थियो । कार्यक्रममा बालव्यास पंडित नवदित दुवे मधुकरले कथा वाचन गर्नुभएको थियो । यसैबिच गुरु पुर्णिमाको अवसरमा आज दोस्रो दिन पुरी पिठ एवं रामराज परिषद नेपालले धुमधामका साथ गुरु पुर्णिमा मनाएको छ । माईस्थान पार्कमा जगत गुरु स्वामाी निश्चलानन्द सरस्वती जि महाराजको पुजापाठ गरी गुरु पुर्णिमा मनाईको छ । परिषदले आज दिउँसो महारुद्र अभिषेक गरी प्रसाद बितरण तथा दुई दिने कार्यक्रम सम्पन्न गर्ने जनाएको छ । कार्यक्रमको सहजीकरण पंडित राजिव रंजन भारद्वाजले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here