भारत लैजाँदै गरेको १२० किलो गाजासहित ४ जना पक्राउ

0
35
Ad_Article_Top
Share

२०७६ साउन २ पर्सा

पर्सा प्रहरीले लागुऔषध गाजा ओसार्दै गरेको अवस्थामा कार र मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका( २८ बगहीबाट बुधबार राति कार र मोटरसाइकलमा गाजा ओसार्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो । गाजासहित पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी ननगरपालिका १७का २१ वर्षीय रमेश लामिछाने , पर्साको पटेर्वासुगौली गाउँपालिका ४ का ४२ वर्षीय प्रेम दास , पर्साकै सखुवाप्रसौनी गाउँपालिका ६ का ३५ वर्षीय राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका १७ का २० वर्षीय डम्मरमणी घिमिरे रहेका छन् । उनीहरुको साथाबाट एक सय २० केजी गाजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गाजा ओसार्नमा प्रयोग गरिएको बीआर ०१ डी बी ०००३ नम्बरको कार र ना२४ प ८७६४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राठौरले बताए । बगहीमा गाजाको ओसार पसार भइरहेको गोप्य सूचना आएपछि बुधबार राति प्रहरी उपरीक्षक रौठोर आफै प्रहरीको टोली लिएर बगही पुगेका थिए । बगहीमा राति ११ बजे पुगेको प्रहरी टोलीले कार र मोटरसाइकलमा भारत लैजानका लागि तयारी अवस्थामा रहेका तस्करलाई गाडी र गाजासहित नियन्त्रणमा हो । गाजा र गाडीसहित पक्राउ परेका तस्करलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here