जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी : १३ जनाको ज्यान गयो

0
82
KYOTO, JAPAN - JULY 18: (CHINA OUT, SOUTH KOREA OUT) In this aerial image, fire breaks out at a studio of Kyoto Animation Co. on July 18, 2019 in Kyoto, Japan. Police suspect an arsonist set a fire that engulfed a three-story animation studio, leaving at least one person dead and dozens injured, officials said. Police detained a 41-year-old man who is believed to have spread a flammable liquid in the area of the studio operated by Kyoto Animation Co. The man himself was injured in the incident and taken to a hospital. Among the 35 people injured in the fire, 10 were listed in serious condition, according to the Kyoto fire department. (Photo by The Asahi Shimbun via Getty Images)
Ad_Article_Top
Share

  साउन २, २०७६ बिहिबार

unn.prixa.net

जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएकाे आगजनीमा परि १३ जनाको ज्यान गएको छ ।

क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ ।

क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ ।

क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३८ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय समयअनुसार बिहान साढे १० बजे स्टुडियोमा आगो लागेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी तथा दमकल आएको थियो । ४८ ओटा दमकलको सहयोगमा आगो निभाइरहेको छ ।

सन् १९८१ मा स्थापना भएको क्याटो एनिमेशनले एनिमेशन र एनिमेटेड उपन्यास, कमिक्स तथा पुस्तक प्रकाशन गर्दै आएको छ । क्योटो एनिमेशनले ‘के–अन’ र ‘हारुही सुजुमिया’  जस्ता लोकप्रिय टीभी सिरिज पनि बनाएको छ । 

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here