ठाकुरराम बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम समपन्न

0
40
Ad_Article_Top
Share

साउन २, पर्सा

ठाकुरराम बहुमुखी क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम समपन्न भएको छ । पहिलो चोटी क्याम्पसको सहयोगमा बिबिएस दोश्रो सेमेष्टरका विद्यार्थीहरुले क्याम्पसको वार्षिकोत्सव मनाउने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले बताउनुभयो । क्याम्पस प्रमुख डाक्टर प्रमोद कुशवाहाको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा सचिन पटेल,नमुनारायण मेहता, संदीप विक्रम शाह, मंदीप खडका, प्रमेश्वर साह, सिकेन्द्र कुशवाहा, अमरज्याती चौरसिया, दिवस राज रौनियारलगायत ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगंजका प्राविधिक डिल्लीमाया घिमिरेले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here