युवा समाज पिपराद्वारा रक्तदान ६ महिला सहित ११८ जनाले गरे रक्तदान

0
320
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज, साउन ४
युवा समाज पिपराको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष एवं नेपकापा युवा नेता अनिल पटेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ६ महिला सहित ११८ जनाले रक्तदान गरेका छन ।। रक्तदाताहरुलाई नेपाली काँग्रसेका नेता एवं पुर्व सांसद अनिल रुङगटा, राजेन्द्र बहादुर अमात्य , नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी, समाजवादी पार्टीका नेता सुन्दर कुर्मी महिला ।

नेपाल तरुण दल पर्साका पूर्व अध्यक्ष बीरेन्द्र पटेलको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्व।बीरेन्द्र पटेलका पिता नेपाली कांग्रेसका नेता रामनाराण कुर्मी नेकपाका युवा नेता अरविन्द सिंह,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के।सी।लामिछाने प्रेस संगठनका जिल्ला अध्यक्ष निरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा रक्तसंचार केन्द्रको तर्फबाट डिल्लीमाया घिमिरेले रक्तदाता क्लब युवा समाज पिपरालाई प्रमाण पत्र प्रदान गरेकी थिइन । घिमिरेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको थियो

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here