बीरगंजमा सुन, चांदीको तश्करी बढ्यो खरबपति पनि अबैध कारोबारमा संलग्न

0
226
Ad_Article_Top
Share

बीरगंज ९ असार // सीमावर्ती नाकाहरुबाट इतिहाँसमै नभएको जस्तै गरि अहिले अबैध कारोबार हुन थालेको भएपनि सरोकारवालाहरु कानमा तेल हालेर बस्नुलाई भने त्यहाँबाट प्राप्त भएको कमिशनको चास्नीमा डुबेको अनुमान लगाउन थालिएको छ । बीरगंजको मार्ग भएर दैनिक रुपमा ३० देखि ५० किलोसम्म सुन भारतको बिभिन्न स्थानमा पुग्ने गरेको बताइन्छ भने एक हजार किलो चांदी समेत बैकिंग मार्गको माध्यमले यसका तश्करहरुले भारत छिराउने गरेका छन । उता दैनिक रुपमा बीरगंजबाट मात्रै ५० करोडको हाराहारीमा हुण्डीको माध्यमले रकम भारत वा अन्य मुलुकमा यहाँका संदिग्ध कारोबारीहरुले पुर्याउने गरेको भएपनि उनीहरुलाई पक्राउ गरि कारवाहीको प्रकृया अघि नबढाउँदा अनेक खालको आशंका पैदा भएको् हो् । हुण्डी सुन र चांदी तश्करी गर्न केही नाम चलेका उद्योगीहरु समेत उद्यत रहेको बताइन्छ भने उनहरुको ब्यापारिक फर्मसम्म स्थानीय प्रहरी प्रशासन पुग्न नसक्ने हुनाले निर्बाध रुपमा यसको कारोबारमा तिब्रता आएको हो । अझ केही संदिग्ध कारोबारीले नेपालको पूँजी पलाएन गरेर देशको अर्थतन्त्रललाई नै हरिकंगाल बनाउन लागेको समेत बताइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारीहरुलाई अबैध रकम सहित पक्राऊ गरि कारबाहीको थालनी बारम्बार गरे्को भएपनि अदालतबाट त्यस्ता संदिग्ध कारोबारीहरुलाई उन्मुक्ती दिने खालको परिपाटीले अनेक खालको आशंका समे्त पैदा भएका्े छ । प्रहरीले समात्छ तर अदालतबाट छुटिहाल्छौं नि भन्ने खालको घमण्ड अबैध कारोबारीहरुको मनमा परे्काले तश्करीले नियन्त्रण नभएको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here