चोटका कारण मलेसियाविरुद्धको खेल गुमाएका पारस कुवेतविरुद्ध मैदानमा उत्रने

0
76
Ad_Article_Top
Share

  साउन १०, २०७६ शुक्रबार

चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफू पूर्ण रुपमा फिट भएको र कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका छन् ।

कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा घाइते भएका पारसले मलेसिया विरुद्धको खेल गुमाएका थिए । कम्मरमा आएको चोटका कारण फिट हुन नसकेपछि मलेसियाविरुद्ध मैदान बाहिर नै रहेका उनले मैदानमा खेल्न भन्दा कठिन हेर्न रहेको बताए ।

कतार विरुद्धका खेलमा चोट र हार दुवैको पीडा खेपेका पारसले आफू कुवेत विरुद्धको खेलका लागि फिट रहेको र मैदानमा उत्रन तयार रहेको बताए । कुवेतको टिम बलियो रहेकाले टिमले शनिबार पिचको कन्डिसन हेरेर योजना बनाउने समेत बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here