प्र्रमुख प्रशासकीय अधिकृत सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
100
Ad_Article_Top
Share

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका प्र्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायब सुब्बा अब्दुल जब्बारलाई विद्युतीय सामग्री खरिदमा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले पाँच जनालाई जनही बिगो ११ लाख ३५ हजार ४११ रुपैयाँ ५७ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय गरी बिगोसमेत असुलउपर हुने गरी मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जनकपुर उपमहानगरपालिकाले नगर कार्यपालिका कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७४÷७५ मा विद्युतीय सामग्री खरिद गर्दा सत्या इन्टरप्राइजेजका प्र्रोपाइटर मनीषकुमार मिश्रसँग मिलेमतोमा खरिदसम्बन्धी ‘कोटेसन’ माग गर्दै सत्यासमेतका तीन फर्मको नाममा एउटै व्यक्तिको हस्ताक्षर गरी निवेदन दिएका थिए ।
बोलपत्र आह्वानमा सत्या इन्टरप्राइजेजको दररेट स्वीकृत गरी प्रतिस्पर्धालाई सीमित हुनेगरी टुक्रा पारी, सत्यासँग एउटै आर्थिक वर्षमा पटकपटक स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्री खरिद गरेको पाइएपछि मुद्दा दर्ता गरिएको अख्तियारले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

उपसचिव सुवेदीसहित पाँच जनाले धनुषा जिल्लाले निर्धारण गरेको दररेटभन्दा बढी मूल्यमा खरिद गरेका सामग्रीको कागजातका आधारमा भुक्तानी दि“दा ११ लाख ३५ हजार ४११ रुपैयाँ ५७ पैसा हानि÷नोक्सानी पु¥याएको अख्तियारद्वारा दायर आरोपपत्रमा जनाइएको छ । त्यस्तै, अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदले खानेपानी आयोजना भुक्तानी दिएको सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here