खुल्ला दिशामुक्त अभियान सफल बनाउन गर्दौल र बहुअर्वामा प्रहरी परिचालन हुने

0
222
Ad_Article_Top
Share

वीरगंज, साउन २४,संजिव मिश्र

पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १ र २ मा वडा स्तरीय खानेपानी , सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठक सम्पन्न भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष सगिर मियाँको अध्यक्षतामा भएको बैठकमा साउद ३१ गते शुक्रबार गाँउभेला गरि बाँकी रहेका घरमा शौचालय निर्माण गर्न व्यापक रुपमा प्रचार प्रसार गर्ने र ३२ गते शनिबार देखि प्रहरी परिचाल गर्ने लगायतको निर्णय भएको छ । त्यसैगरी वडा नम्बर २ का वडा अध्यक्ष संजय चौहानको अध्यक्षतामा भएको बैठकमा भोली देखि चर्पी निर्माणको काम शुरु गर्ने र ३२ गते शनिबार देखि प्रहरी परिचालन गर्ने निर्णय भएको बडा सदस्य बिन्दा प्रसाद कलवारले बताउनुभयो ।वडा नम्बर १ को बैठक गर्दौल र २ को वैठक वडा कार्यालय बहुअर्वाभाठामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य जोखनी देखी, बुधनी देवी, ,समाजिक बिकाश प्रमुख रामप्रवेश साह प्रहरी चौकी बहुअर्वाका प्रमुख बिजय साह, स्वास्थ्य चौकी प्रमुख बासु रिमाल लगायतको उपस्थिती रहेको थियो । पालिकालाई भाद्र २० गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सो अभियान थालिएको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here