आर्थिक अनियमितता लुकाउन मन्त्री सोनलले जबरजस्ती धर्मशाला उद्घाटन गरेको वडा अध्यक्ष कलवारको आरोप

0
59
Ad_Article_Top
Share

वीरगंज, साउन २६,जगत राई
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५बहुअरीका वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारले धर्मशालाको उद्घाटनमा वडा अध्यक्षलाई वाईपास गरेर उद्घाटन गरेकोमा आपति जनाएका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष कलवारले प्रदेश २ का भौतिक तथा पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनलले प्रहरीको बलमा आफु लगायत सात जनालाई ६ घण्टा बन्धक बनाएर धर्मशालाको उद्घाटन गरेको बताउनुभयो । उहाँले बलपुर्वक प्रहरी दमनका साथ गरिएको उदघाटनले े आफनो मानमर्यादाको हनन भएकोले अब आफुले कानुनी उपचार खोज्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अवस्थामा आर्थिक अनिमियतता लुकाउन मन्त्री सोनलले जवरजस्ती धर्मशालाको उदघाटन गरेको वडा अध्यक्ष कलवारले आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा संघिय समाजवादी फोरम बाराका अध्यक्ष अजय पटेल, वडा सदस्यहरु फुलमती देवी चमईन,कलिया देवी साह लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here