पर्सा जिल्ला भाद्र २८ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने

0
33
Ad_Article_Top
Share

वीरगंज, साउन २६,संजिव मिश्र
खानेपानी तथा सरसफाई तथा स्व्चछता समन्वय समिती पर्सा र पर्सेली संचारकर्मीहरु बिच आज अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती पर्साको सभाहलमा सम्पन्न कार्यक्रममा खुल्ला दिशामुक्त बारे चर्चा गरिएको थियो । जिल्लामा १२ वटा वडा,चारवटा पालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको युनएहेभिटासका जिल्ला संयोजक हरी बुढाथोकीले जानकारी दिनुभयो । पालिकालाई भाद्र २१ गते भित्र र जिल्लालाई भाद्र २८ गते सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहने संयोजक बुढाथोकीले बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि संचारकर्मीहरुले सहयोग गर्ने बताउनुभयो । उहाँले खुल्ला दिशामुक्त अभियान सफल बनाउन महासंघ पर्साले शुरुमा आफनै सदस्यहरुबाट अभियान शुरु जानकारी दिनुभयो । कार्यक्रममा ,जिल्ला समन्वय समिती पर्साका अध्यक्ष नेक महम्द अंसारी ,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साका प्रमुख जकि अहम्द अंसारी,रामहित यादव लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here