भाद्र २० गते झौवा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने

0
36
Ad_Article_Top
Share

वीरगंज, साउन २६,संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ३ मा खानेपानी सरसफाई तथा स्वाच्छता समन्वय समितिको बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष सलमा खातुनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले वडालाई भाद्र २० गते सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न शौचालय निर्माण, महिला स्वयंसेविका परिचालन, प्रहरी परिचाल,प्रचार प्रसार गर्ने लगायतको निर्णय गरेको छ । वडा नम्बर ३ झौवामा सम्पन्न बैठकमा वडा सदस्य कृष्णा राउत कंकर, न्यायिक समितीका मुकेश साह, समाजिक बिकाश प्रमुख रामप्रवेश साह, सचिव हिमालय प्रसाद चौरसिया,संजय साह,समाजिक परिचालक उपेन्द्र साह, वडा, बिद्यालयका प्रतिनिधि,सरसफाई अभियन्ता लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here