महिलाको उपस्थिती न्युन देखेर राजनितिमा आएको राज्यमन्त्री यादवको भनाई

0
198
Ad_Article_Top
Share

वीरगंज साउन २६
राजनितिमा महिलाको उपस्थिती न्युन देखेर नै आफु राजनितिमा आएको प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा देवी यादवले बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जबाट प्रशारित कार्यक्रम समय सन्र्दभमा कुराकानी गर्दै राज्यमन्त्री यादवले सो कुरा बताउनुभयो । मधेस आन्दोल पछि बिशेष गरी महिला नेतृत्वको कमी देखेर नै आफु शिक्षण पेशालाई छोडेर राजनितिमा आएको बताउनुभयो । उहाँले मधेसी महिलालाई राजनितिमा लाग्नु ज्यादै नै चुनौतीपुर्ण रहेको बताउनुभयो। राज्यमन्त्री यादवले प्रदेश २ को बिकाशमा सरकार लागि परेको बताउनुभयो । उहाँले कानुन बनाउन र कर्मचारी अभावमा काम गर्न असहज भएको भन्दै कानुन निर्माण र कर्मचारी आपुर्ति पछि प्रदेशले गति लिने बताउनुभयो । राज्यमन्त्री यादवले कृषि, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष प्राथमिकताका साथ कार्य भईरहेको बताउनुभयो । उहाँले भ्रमण भता बारे आएको समाचारमा सत्यता नभएको बताउदै त्यस्ता समाचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here