जनप्रतिनिधिहरुमा अंहकार बढेको अध्यक्ष चौधरीको भनाई

0
74
Ad_Article_Top
Share

वीरगंज, साउन २७
नेपाल परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरीले वर्तमान जनप्रतिनिधिबाट जनता रुष्ट रहेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जबाट प्रशारित कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै अध्यक्ष चौधरीले सो कुरा बताउनुभयो । उहाँले जनप्रतिनिधिले जनताको भावना अनुसार काम नगरेकोले जनता निरास भएको बताउनुभयो । उहाँले प्रदेश र पालिकाहरुमा भ्रष्टाचारी बढेको भन्दै गाँउपालिका प्रमुख र मन्त्रीहरुमा अहंकार बढेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुले जनताले तिरेको करको दुरुपयोग गरेको बताउदै यस बिरुद्ध जनता सडकमा आउनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष चौधरीले संघ र प्रदेश बिचको जुहारीले गर्दा आम जनताले दुख पाएको बताउनुभयो । उहाँले मन्त्री र जनप्रतिनिधिहरु बिलासी जिवन व्यतित गर्न सुबिधा भोगी भएको बताउनुभयो ।उहाँले किसान मल खाद्य बिना खेती गर्न नपाएको अवस्थामा मन्त्रीहरु करौडौ रुपैया भ्रमण भत्तामा खर्च गरेको प्रति दुखेसो गर्नुभयो । देवताल गाँउपालिकामा बिकाशको गति सुस्त गतिमा बढेकोमा आपति जनाउदै बारा अध्यक्ष चौधरीले यसको लागि आफु सदैव खबरदारी गरिरहने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here