आजसम्म सहेर बसे अव युद्ध शुरु भयो मैलै कमिशन लिएको छैन, अरु बिके – शान्ति कार्की

0
144
Ad_Article_Top
Share

वीरगंज, साउन २७
जनप्रतिनिधि र कर्मचारीहरु बिच तालमेल नमिल्दा वीरगंज महानगरपालिकाको बिकाश हुन नसको उपमेयर शान्ति कार्कीले बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जबाट प्रशारण हुने कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो । उहाँले फरक पार्टी र बिचारबाट आएको जनप्रतिनिधिहरुको बिचार नमिलेको कारणले पनि महानगरको बिकाश हुन नसको बताउनुभयो । उहांले आफुलाई बारम्बार अपमानपूर्ण ब्यबहार गर्दै आएको हुनाले अव सहेर नबस्ने युद्धको शुरु भएको समेत बताउनुभयो । सुश्री कार्कीले सबै प्रकारको साझा समस्या सामुहिक रुपमा समाधान गर्नको लागि बारम्बार प्रयास भएको भएपनि त्यसलाई समाधान गर्न कोही पनी जिम्मेवार नबनेको आरोप लगाउनुहूँदै बोर्ड सदस्य पनि बिक्री भएका हुन कि भन्ने भान हुन थालेको दुखेसो समेत उहाँले राख्नुभयो । नेपाली कांग्रेसका नेतृ समेत रहनुभएकी उप प्रमुख कार्कीले आफ्नै पार्टीका अध्यक्षहरुले समेत नगरको बेथितिको बिरोध गर्दैनन भने अरु दलकालाई भन्ने ठाउँ नरहेको समेत बताउनुहुन्छ । उहाँ अवभने बिस्तारै सबै पक्षले कुरा बुझेकोले आफ्नै पक्षमा एक हुने ठेकुवा समेत गर्नुभयो । उहाँले एकपटक आफ्नो अधिकारको लागि अन्तिम पटक नगर प्रमुख बिजय सरावगीसँग उप प्रमुखको अधिकारको् प्रयोगका बारेमा कुरा गर्ने र त्यसपछि वारपारको युद्ध छेडिने चेतावनी समेत दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here