नारायणी रंगशालामा खेलाडीहरुमाथि आक्रमण, एथलेटिक्स खेलाडी चन्देश्वर मुखिया, शत्रुध्न पटेल र प्रिन्स मुखिया घाइते

1
968
Ad_Article_Top
Share

वीरगंज, साउन २७
नारायणी रंगशालामा एथलेटिक्स खेलाडीहरूमाथि आज साँझ ५ बजे युवकहरूको समुहले आक्रमण गरेको छ । आक्रमणबाट एथलेटिक्स खेलाडी चन्देश्वर मुखिया, शत्रुध्न पटेल र प्रिन्स मुखिया घाइते भएका छन् । घाइते मध्ये चन्देश्वर र प्रिन्स दौडतर्फ राष्ट्रिय किर्तिमानी हुन् । केही युवकहरूले रंगशाला भित्रै प्याराफिडमा मोटरसाइकल कुदाईरहेको देखे पछि प्याराफिड खाली गर्न आग्रह गरेका चन्देश्वरलाई मोटरसाइकल चालक एक जना युवकले टाउकोमा हेल्मेट प्रहार गरेको घाइते खेलाडी चन्देश्वरले बताएका छन् । तीन जना एथलेटिक्स खेलाडी माथि २०÷२५ जना युवकहरूले आक्रमण गरेको देखे पछि घटनास्थल पुगेका नेपाल प्रहरीका दुइजना कुस्ती खेलाडी ले आक्रमणकारी युवकहरूको समुहलाई तितरवितर पारी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुर्ली नयाबस्ती निवासी शेख अमिर रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । घाइते खेलाडीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

Ad_Article_Bottom

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here