मुख्य सडक ५० मिटर तोडेपनि अवरोध छैन आमाको रगत खानेहरुले मात्र बिकासमा कमिशन खान्छन ः यादव

0
206
Ad_Article_Top
Share

पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बाचित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको बताउनुभएको छ । उहाँले बिकास निर्माणमा आफुलाई सांसद बापत प्राप्त भएको ४ करोड रुपैंयाँको सत प्रतिशत जनताको हितमा प्रयोग गरेको समेत बताउनुभयो । उहाँले माटोभरी ग्राभेल गर्ने कामको आफु बिरोधी भएकोले त्यसमा लगानी नगरेको र जहाँ पनि लगानी गरेको छु त्यहाँ सडक पिचमा लगानी गरेको छु जुन ५० बर्षपछि पनि केही नहुने बताउनुभएको छ । आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले बिकास निर्माणमा कमिशन खानेहरुले आमाको रगत खाने पिचास भएको संज्ञा दिनुहुँदै सांसद यादबले आफुले घन्टाघर र लक्षमनवा चोकमा लगाएको मास लाइटले सबैको ध्यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो । नेता यादबले प्रदेश नम्बर २ को राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदिने दृढता ब्यक्त गर्नुहुँदै बिचको भाग खोजी भैरहेको खुलासा समेत गर्नुभयो । नेता यादबले बीरगंजका ढल ब्यबस्थापनको लागि शुरु भएको परियोजना फेल भएको बताउनुहुँदै डिजाइन नै परिवर्तन गरेर सधैंभरि बीरगंजलाई डुवानमा राख्नेहरुलाई नाँगेझार पारेर जेल हाल्नुपर्ने जिकिर समेत गर्नुभयो । बीरगंज डुवानमा जनप्रतिनिधी आउनुभन्दा पहिलाका कर्मचारी संयन्त्र नै जिम्मेवार रहेको समेत बताउनुभयो । सांसद यादबले मुख्य सडकको चौंडा अभियानमा आफ्नो कुनै अवरोध नभएको बताउनु्हुँदै ५० मिटर तोडेपनि आपत्ति नहुने तर तोडेर मात्र हुन्न तत्काल निर्माण पनि गर्ने ग्यारेन्टी र बजेटको ब्यबस्थापन हुनुपर्ने अन्यथा डोजर ल्याएर तोडफोड गर्दैमा समस्या समाधान नहुने निर्माणको ग्यारेन्टी हुनु्पर्ने बताउनुभयो । उहाँले बर्तमान यातायात मन्त्रीसंग घन्टघरदेखि शंकराचार्य गेटसम्मको मास्टर प्लान नै नभएको जिकिर समेत गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here