वीरगंजमा फेरि विष्फोट, १ जना घाईते

0
100
Ad_Article_Top
Share

२८ साउन वीरगंज

वीरगंजमा पूनः विष्फोट भएको छ । विष्फोटबाट एक जना घाईते भएका छन् । विष्फोटबाट बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने अमरजित प्रसाद पटेल घाईते भएका हुन् । उनको दाहिने पिडुलामा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए । मंगलबार साँझ साढे ७ बजेको समयमा जि.पर्सा वीरगंज म.न.पा. वडा नं. ९ घण्टाघर देखी अं.१०० मि.उत्तर तर्फ रहेको तरकारी बजारमा विष्फोट भएको थियो । पड्किएको बस्तु बम पटाका हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि वीरगंजको विर्ता बजारमा पनि विष्फोट भएको थियो । त्यसक्रममा तीन जना घाईते भएका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here