लाईसेन्सका लागि लिखित पास गराउँछु भनी ३० हजार लिने पक्राउ

0
43
Ad_Article_Top
Share

२८ साउन, वीरगञ्ज

वीरगंजबाट प्रहरीले सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षा पास गराईदिन्छु भनी रकम लिने एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाका २४ बर्षिय सागर तुलाधरलाई पक्राउ गरेको हो । उनी विरुद्ध मोटरसाईकल तथा चार चक्काको गाडीको लिखित परीक्षा पास गराई दिन्छु भनि ३० हजार रुपैयाँ लिएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साउन ३ गते वीरगञ्ज वडा नं ३१ बेल्वा प्रसौनी बस्ने २० बर्षिय रेयाज अन्सारीले सागर विरुद्ध उजुरी दर्ता गरेका थिए । सोही उजुरीकै आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले रेयाजलाई आज पक्राउ गर्न सफल भएको थियो । सागरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here