२० बर्षमा हुन नसकेको काम २ बर्षमा गरेको मेयर रौनियारको दावी

0
515
Ad_Article_Top
Share

वीरगंज, साउन २९
पोखरिया नगरापालिकाको प्रमुख दिप नारायण रौनियार ( मन्टु ) ले पोखरियामा बिगत २० बर्षको अन्तरालामा हुन नसकेको बिकास २ बर्षमा भएको ठोकुवा गर्नुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषी, आधुनिक बजारको ब्यबस्थापन, तालिम, स्वरोजगारमा आधारीत कार्यक्रम र जनचेतना अधिबृद्धि गर्न कुनै कसर बाँकी नराखि आफ्नो नपा अघि बढेको समेत बताउनुभयो । आवाज एफ एम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा हउँले समाजका अनेक तह र तप्काको हीतको लागि कुनै कसर बाँकी नराखि अघि बढेको धारणा राख्नुभएको छ । उहाँले समाजका बिबिध खालको समस्या समाधानको लागि आफुले सबै सँग नियमित रुपमा सल्लाह र परामर्स गरिरहेको समेत बताउनुभयो । उहाँले अनेक खालको समस्याको बिचमा पनि सम्भावनको प्रचुरता रहेको समेत बताउनुभयो । नगरप्रमुख रौनियारले आफ्नो नपाभित्र कुनै पनि प्रकारको अनियमितता र भ्रष्टाचार अपरादर्शी नरहेको बताउनुभयो । उहाँले बिगतका दिनमा भएको सबै प्रकारको बिकास निर्माणमा अनियमितता भए पनि अव त्यस्तो कही कतै पनी नभएको समेत जिकिर उहाँले गर्नुभयो । उहाँले बिकसा निर्माणको सवालमा बसे वडाहरुमा समानुपातिक रुपमा बिकास निर्माणका बजेट बिनियोजन गरेकोले कसैको गुनासो रहने स्थान नभएको धारणा राख्नुभयो । उहाँले ४० बर्ष अघिदेखिको जग्गाको बिवाद समेत सल्टीएको बताउनुहुँदै अव पोखरियालाई बृह्द दीर्घकालीन परियोजनाका साथ अघि बढिरहेकोले अव तत्तकाल पोखरियाका बासिन्दाले बिकास र परिवर्तनको अनुभुति गर्न पाउने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here