मतदाताको बिश्वासलाई टुटन दिने छैन बिकास र परिवर्तनको प्रतिफल अव पाइन्छ – सल्मा खातुन

0
168
Ad_Article_Top
Share

बीरगंज ३० साउन // पोखरिया नगरापालिकाको उपप्रमुख सल्मा खातुनले अव तत्काल नै पोखरियाका बासिन्दाले अनुभुति गर्न सक्ने खालको बिकास निर्माणका योजना शुरु हुने बताउनुभएको् छ । उहाँले कृषी, स्वास्थ्य, शिक्षा, समाजीक सुधारका कार्यक्रम तदरुकताको साथ अघि बढाउने गरि लागि रहेको समेत बताउनुभया,े न्यायीक समितिको सभापतिको हैसियतले पर्सामै उत्कृष्ठ काम गर्न सकेको उदाहरण समेत प्रस्तुत गर्नुहुँदै गत बर्ष आफु अनुगमन समितिको संयोजक पनि भएकोले बिकास निर्माण लगायतका सवालमा समेत जानकारी बिना शुरु गरिएको योजना र भुक्तानीको सन्दर्भमा समेत हस्ताक्षर नगरेको दलिल पेश गर्नुहुँदै कमी कमजोरी र चुनौतिको बीचमा पनि नगरवासिलाई निरास हुन नदिने गरि लाग्न आवश्यक भएको बताउनुभयो । आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले अधिकार खोज्नेहरुले कर्तब्यको पालना पनि गर्नुपर्ने बताउनुहुन्छ । उप प्रमुख खातुनले अनेक खालको समस्या नपा भित्र बिद्यमान रहेको भएपनि आफुहरु पनि नयाँ भएकोले सिक्दै पोखरियालाई आधुनिक शहरको रुपमा बिकास गर्न सबैको सहकार्य हुन जरुरी रहेको समेत बताउनुभयो । भ्रष्टाचार, अनियमितता र अपारदर्शीता अपनाउंदा जनताको अधिकार कुन्ठित हुने भएकोले नियमन निकायले समेत अनुगमन र खबरदारी गर्न आवश्यक रहेको समेत उपप्रमुख खातुनले बताउनुभयो । उहाँले बिकास निर्माण महिला शसक्तिकरण, स्वरोजगारमा आधारित तालिम, बालबालिकाको समस्या समाधान, बृद्ध—बृद्धाहरुलाई निशुल्क उपचार, अस्पतालाई आधुनिकीकरण, बजार ब्यबस्थापन, ढल, नाला, सडक, नगर सभागृह, आधुनिक शहर बिकासको लािग सबैको विश्वास लिएर अघि बढिरहेको देढता समेत उहाँले व्यक्त गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here