विश्व फोटोग्राफी दिवस वीरगंजमा मनाईयो

0
48
Ad_Article_Top
Share

आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८० औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । वीरगंजमा राष्टिय फोटो पत्रकार महासंघ पर्सा शाखाले प्रभात फेरी गरी दिवस मनायो । घण्टाघरबाट निकालिएको प्रभातफेरी माइस्थान पार्कमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपािलकाका मेयर विजय सरावगी, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष केसी लामिछाने, फोटो पत्रकारका प्रदेश अध्यक्ष राम सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस युनियन पर्साका उपाध्यक्ष शेखर छतकुली लगायतको सहभागिता थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here