संघ बिकाशको बाधक ईतिहासमै रहेन सडक बिस्तार गर्दा मानिस नमरोस ,शहर नमासियोस – केडिया

0
28
Ad_Article_Top
Share

वीरगंज, भाद्र २
सरकारले सवै ऐन कानुनहरु एकैचोटी कार्यन्वन गर्न खोजेकोले उद्योगी व्यपारीहरुलाई समस्या भएको वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रदिप केडियाले बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुराकानी गर्दै पुर्व अध्यक्ष केडियाले सरकारले ल्याएको नियम कानुनले व्यपार व्यवसाय र उद्योग संचाल्न गर्न धेरै नै गाह्रो भएको बताउनुभो । वीरगंज उद्योग वाणिज्य संघका वर्तमान नेतृत्वप्रति जिम्मेवारी थपिएको भन्दै यसका लागि सवै पदाधिकारी, पुर्व अध्यक्ष र उद्योगि व्यपारिहरु एकजुट भएर अघि बढनु पर्ने बताउनुभयो । उहाँले सिमित उद्योगि व्यपारिको कर छलीले सम्पुर्ण उद्योगी व्यवपारिहरु बदनाम भएको बताउनुभयो । केडियाले वीरगंज उद्योग वाणिज्य संघ समाजिक काममा पनि महत्वपुर्ण भुमिका रहेको बताउदै भुकम्प, आगलागि ,बाढी पहिरो लगायत बिपतमा सहयोग गरेको बताउनुभयो । सवैको काम गर्ने आ आफनो तरिका भएकोले वीरगंज उद्योग वाणिज्य संघ कसैको सलामी र गुलामीमा नलागेको बताउनुभयो । वीरगंज उद्योग वाणिज्य संघ बिशुद्ध उद्योगि व्यपारीको हक हितमा काम गर्ने संस्था भएकोले उद्योगी व्यवपारिको पुजी सुरक्षितको लागि नेपाल सरकारले सहयोग गरिदिन अनुरोध गर्नुभयो । उहाँले प्रदेश २ को राजधानी जनकपुर भएकोमा दुख व्यक्त गर्दै संघ र प्रदेश दुवैले वीरगंजलाई बिभेदमा पार्ने गरेको बताउनुभयो । पुर्व अध्यक्ष केडियाले बजार बचाउने गरि वीरगंजको मुख्य सडक भत्काउन आग्रह गर्नुभयो । उहाँले वीरगंजमा वाईपास सडक पर्याप्त मात्रामा रहेकोले मुख्य सडक २५ मिटर चौडा गर्नुपर्ने आवश्वकता नरहेको बताउनुभयो ।उहाँले सरकारले गम्भिर रुपले बिचार गरेर मात्र वीरगंजको सडक भत्काउन आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here