सबैको सहभागिता र ऐन कानुन द्वारा गढीमाई पंन्च वषिर्य मेला संचालन हुन्छ ; मेयर यादव

0
158
Ad_Article_Top
Share

गढीमाई मेलामा श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ । पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा विश्वमै सबैभन्दा बढी पशु बलि दिईने गरिएको छ । आउने मंसिर देखि एक महिना लाग्ने मेलामा नेपाल, भारतलगायत तेश्रो मुलुकबाट ६० लाख श्रद्धालु गढीमाई मेलाको दर्शन गर्न आउने र त्यसको लागि ३ महिना पहिलादेखि पहिलो चरणको कामहरु शुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ । अहिलेदेखि मेलालाई व्यवस्थित गर्न काम सुरु नगर्दा खानेपानी, शौचालय, स्वास्थ्य शिविर, मनोरन्जनका साधनलगायत सेवा सुविधाहरु दिनमा समस्या देखेर नै नगरपालिकाले कमिटी विस्तार गरेको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बतए । पाँच वर्ष पहिला २०७१ सालमा लागेको मेलामा ५० लाख भन्दा बढी श्रद्धालुले मेला हेर्न आएको र ८० हजार जति पशु बलि दिइएको गढीमाई मन्दिरका पुजारीले बताएका छन् । महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र्र यादवले विभिन्न राजनीतिक दलका प्र्र्तिनिधि, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र जिल्लाका सरकारी कार्यालयहरुका प्रमुखहरुलाई समेटेर आवश्यक अनुसार कमिटी निर्माण गरिएको बताए । कलैया उपमहानगरपालिकाको प्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा गढीमाई मन्दिरको प्राङ्गनमा आयोजना गरिएको सर्वपक्षीय र प्रमुख अतिथि रहेका कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादवले गढीमाई मन्दिर र मेला महागढीमाई नगरपालिकामा पर्ने गरे पनि यो जिल्ला र राष्ट्रको सम्पति भएको बताए। मेलालाई सबैले मिलेर सफलता पूर्वक समापन गर्नको तिर लाग्नुपर्ने सुझाव दिए । आपसी द्धन्द्ध र पार्टीगत स्वार्थ भन्दा माथि उठेर मेलामा आउने लाखौैं श्रद्धालुहरुलाई सेवा सत्कार गर्दा मात्रै यसले गाउँ, जिल्ला र देशकै नाम रहने भएकोले जिल्लामा भएका सबै स्थानीय तहले यसमा सहयोग गर्नुपर्ने आग्रह यादवले गरे।कार्यक्रममा निजगढ नगरपालिका प्रमुख सुरेश खनालले गढीमाईको मेला बरियारपुरको मात्र नभएर सबै जिल्लावासीको भएको र मेलामा हुने विकृतिहरुलाई कसरी नियन्त्रण त्यतातिर ध्यान दिएर काम गर्न सुझाव दिए । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले स्थानीय तह संचालन ऐन २०७४ अनुसार धर्म संस्कृति, मठ मन्दिर र मेलाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको त्यही जिम्मेवारी अनुसार काम गर्र्दा स्वार्र्थी समूहले विवाद गर्न खोजेको बताए । उनले गढीमाई संचालन तथा व्यवस्थापन (ट्रष्ट)लाई मेला लगाउने जिम्मेवारी दिएको भन्दै केही व्यक्तिहरुले गलत प्रचार बाजी गरि नगरपालिकाले गरेको काम कारवाहीलाई अवरोध गर्न खोेजिए त्यो अमान्य हुने बताए । महागढीमाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदामा प्रसाद साहको अध्यक्षतामा ५१ सदस्यीय मेला मुल कमिटी गठन गरिएको र १६ वटा स्थानीय तहका प्र्रमुख, प्र्रदेश सभासदस्य, प्रतिनिधिसभा सदस्य, सुरक्षा निकायका प्र्रमुख र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सदस्य रहने गरि मेला संंरक्षण तथा सल्लाहकार समिति गठन गरिएको नगर प्रमुख यादवले जानकारी गराए । कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल लगायतको सहभागिता रहेको थियोे ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here