बाराको बिश्रामपुर गाउँपालिकामा तिन सामुदायिक विद्यालयको ९५ छात्रालाई साइकल वितरण

0
57
Ad_Article_Top
Share


बिरगंज, भदौ ०५
बाराको बिश्रामपुर गाउँपालीकामा आज साईकल बितरण कार्यक्रम समपन्न भएको छ । गाउँपालीकामा रहेको श्री नेरा माध्यमिक विधालय बलीरामपुर, ईटियाही, मुसहरवा गरी तिनवटा विधालयका ९५ जना छात्रालाई साईकल वितरण गरिएको हो । गाउँपालीकाको प्राङगनमा समपन्न भएको कार्यक्रममा बिश्रामपुर गाउँपालीकाका अध्यक्ष अमिरिलाल पालको अध्यक्षतामा भएको कार्यक्रममा समपन्न भएको हो । प्रमुख अतिथि बिरगंज भारतिय दुतवासका महावाणिज्यदुत डां कटरा स्वामी छिमेकी राष्ट नेपालका बिश्रामपुर गाउँपालीका र प्रदेश नं २ का बेटी पढाउ बेटी बचाउ अभियान महिलाका लागी सराहनिय भएको प्रसंसा गरे । उनले अभियानमा सक्दो सहयोगको प्रतिद्धता पनि जाहेर गरे ।

बिशिष्ट अतिथि जिल्ला समनवय समिति बाराका अध्यक्ष नवल किशोर सिंहले अहिलेको विकास शिक्षा नै भएको बताउदै शिक्षाको विकास भए सबै खाले विकास हुने बताउनुभयो । कार्यक्रममा बिश्रामपुर गाउँपालीकाका उपाध्यक्ष सुमित्रा देवी वडाध्यक्षहरुको उपस्थीती थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here