वडा नं १, २,५ गरि बिश्रामपुर गाउँपालिका बाराको ५ औं स्थानियतह खुला दिशा मुक्त घोषणा

0
77
Ad_Article_Top
Share

बाराको बिश्रामपुर गाउँपालीकामा गाउँपालीका स्तरिय खानेपानी तथा स्वास्थ्य समनवय समिति को आयोजनामा वडा नं १, २, ५ गरी बारा जिल्लाको ५ औ गाउँपालीकाको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । जिल्ला समनवय समिति बाराका अध्यक्ष नवल किशोर सिंहको प्रमुख आतिथ्यमा सो कार्यmम समपन्न भएको हो । कार्यक्रममा परवानीपुर गाउँपालीकाका प्रमुख हरनिारायण शाह, प्रसौनी गाउँपालीकाका उपप्रमुख गिता शााह, लगायत बिश्रामपुर गाउँपालीकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नवलकिशोर सिंहले बाराका समपूण स्थानिय तहहरु छिटै नै खुल्ला दिशामूक्र हुने आफु बिस्वस्त रहेको बताउनु भयो । यसैगरी परवानीपुर गाउँपालीकाका अध्यक्षले गाउँपालीकालाई खुल्ला दिशामुक्र घोषणा गरेर मात्र नपुग्ने भएकोले यसलाई समपूण नगरबासीले आफनो ब्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै बिश्रामपुर गाउँपालीकाका अध्यक्षले अब खुल्ला ठाउँमा दिशाा गर्नेहरुलाई गाउँपालीकाले कडा भन्दा कडा कारवाही गर्ने बताउनु भयो । कार्यक्रममा स्थानिय लगायत संचारकर्मी र सुरक्षा कर्मीहरुको उपस्तीथी रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here