वीरगंज साझा हो सवै मिलेर बिकास गरौं -राजपा महासचिव सिंह

0
234
Ad_Article_Top
Share

वीरगंज, भाद्र १०
प्रदेश २ को राजधानी वीरगंजको बिकल्प नरहेको राजपा नेपालका महासचिव राजेशमान सिंहले बताउनुभएको छ । आवाज एफ.एफ ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुराकानी गर्दै महासचिव सिंहले सो कुरा बताउनुभयो । उहाँले राजपा नेपाल स्वयं पनि वीरगंजलाई राजधानी बनाउनु पर्ने स्पष्ट धारणा नराखेको बताउनुभयो । महासचिव सिंहले वीरगंजका मेयरले २३ महिना पनि वीरगंजमा देख्ने लायक कुनै काम नगरेको बताउनुभयो । वीरंगंजले अनुभवी मेयर पाए पनि सोचे जस्तो काम गर्न नसकेको बताउनुभयो । महासचिव सिंहले मेयर विजय सरावगीले वीरगंज बसपार्कको उद्घाटन हतारमा गरिएकोमा आपति जनाउनुभयो उहाँले बस पार्क भित्रको अनियमितता उजार हुने डरले मेयर सरावगीले अरु दलका जनप्रतिनिधिहरुलाई नबोलाएको आरोप समेत लगाउनुभयो । जनताको समस्या निदानको लागि राजपा नेपालले अब चुप लागेर नबस्ने बताउनुभयो । जनतामा अनावश्यक कर लादिएको , एडिबिको काममा पनि चरम लापरहवाही भएको बताउदै त्यसता गुणस्तरहिन कामको भण्डाफोर गरिने बताउनुभयो । नेता सिंहले मस्या समाधानको लागि चक्का जाम र आन्दोलन भन्दा पनि अहिले रचनात्मक दवावको आवश्यकता भएको बताउनुभयो । नगरपालिका भित्र बिना कमिशन कुनै पनि काम नहुनेको गरेको नेता सिंहले आरोप लगाउनुभयो । मेयर सरावगी सुबिधाभोगी भएको आरोप लगाउदै नेता सिंहले अहिलेका जनप्रतिनिधिहरु खल्ती भारी गर्न व्यस्त रहेको बताउनुभयो । वीरगंज महानगरभित्रको सडक चौडाको मुख्य बाधक काँग्रेस भएको नेता सिंहले आरोप लगाउनुभयो । सडक चौडाको सुचना प्रकाशित हुने बितिकै पर्साका काँग्रेसी नेताहरु डेलिगेसन लिएर काठकाडौ जाने गरेको बताउनुभयो । उहाँले वीरगंजको बिकाशको लागि सवै मिल्नुको बिकल्प नभएको बताउदै सवै मिलेर वीरगंजको बिकाश गर्न तयार रहेको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here