करैयामाई गाँउपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा

0
192
Ad_Article_Top
Share

वीरगंज,भाद्र १०
बाराको करैयामाई गाँउपालिका आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । करैयामाई गाँउपालिकालाई जिल्लाको छैठो खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो । गाँउपालिका अध्यक्ष भुनेश्वर प्रसाद धामीको अध्यक्षता एवं बारा क्षेत्र नम्बर २ का सांसद रामसहाय यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आथिती यादवले गाँउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नम्बर २ का अर्थराज्य मन्त्री उषा देवी यादव,प्रदेश सभा सदस्य सरदा शंकर साह, बच्चा यादव,प्रमुख प्रशासकिय अधिकृत सुनिल केसरी लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणामा सहयोग गर्ने वडा अध्यक्षहरु, वडा सदस्य, समाजसेवी, पत्रकार लगायतलाई सम्मानित गरिएको थियो । उम्जन स्थित जनता मा.बि. मा सम्पन्न कार्यक्रममा स्थानिय भोजपुरी गायक सुनिल पंडितले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सागिर मंसुरले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here