बजारमा हस्तक्षेप जमाउदै एन आई सी एशिया, अरब उठछ,दायीत्व भुल्छ

0
15
Ad_Article_Top
Share

एन आई सी एशिया बैंकले वीरगञ्जमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत योजनाहरुको बारेमा जानकारी गराएको छ । २२ औ वार्षिकोत्सवको अवसरमा विविध सुविधायुक्त नयाँ सुपर चमत्कारिक निक्षेप योजना ल्याएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । ‘बैंंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका सेवा प्रदान गर्दै आईरहेको एन आई सी एसिया बैंकले चमत्कारिक निक्षेप योजनाको सफलतापछिसुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको प्रदेश नं २ प्रमुख मधु शर्माले जानकारी दिए । सुपर चमत्कारिक बचत योजनाले सबै क्षेत्र, भेग र तप्काले फाइदा पुग्ने उनको दावी छ । ग्राहकलाई उपयुक्त सुपर चमत्कारिक बचत, नारी बचत, जेष्ठ नागरिक बचत, बाबुनानी, विधार्थी, स्वरोजगार, वैदेशिक रोजगार, उद्यमशिल, तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने उनको भनाई छ । बैंकले बचतको उचित प्रतिफल दिने दावी गरेको छ । सुपर चमत्कारिक खातामा परिवारको सुरक्षार्थ रु १ करोड ३१ लख ५० हजारसम्मको बीमा सुविधा प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

बीमा योजनामा परिवारका सम्पूर्ण सदस्यहरुको दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोडसम्म, दम्पतिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाखसम्म, परिवारका लागि रु १ लाख ५० हजारसम्म औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्ने वीरगञ्ज शाखा प्रमुख पुजा खेतानले जानकारी दिईन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here