वीरगञ्जमा गोली चल्यो, एक जना पक्राउ

0
18
Ad_Article_Top
Share

  वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि हतियार देखाएर भाग्न खोज्ने संतोष दासलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । नियमित चेकजाचको क्रममा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथी हतियार देखाएर दास भाग्न खोजेको प्रहरी दावी छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापालेहिजो राती वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाएर भाग्न खोजेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिनुपरेको बताए ।

दासबाट एकथान पिस्तोल र १७ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चलाउको गोली दासको खुट्टामा गोली लागेको र नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here