वीरगंजमा बालीका माथि एसीड प्रहार

0
24
Ad_Article_Top
Share


वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयामा डेरा गरी बस्ने मुस्कान खातुनलाई आज बिहान स्कुल पढन जाने क्रममा वीरगंज महानगरपालिका वडा नं ५ गणेशमान चोक नजिक दुईजना युवकले एसीड प्रहार गरेको समाचार छ । त्रिभुवन हनुमान माविमा अध्ययन गर्न जाने क्रममा बिहान सात बजे वडा नम्बर २ छपकैयाका सम्साद मिया र निजका साथी मजिद आलमलले एसिड प्रहार गरेको बुझिन आएको छ । कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ घर छाडेर वडा नम्बर ३ छपकैयामा मामा, माइज्युसंग डेरामा बस्दै आएकी थिइन । प्रहरीले एसिड प्रहार गर्ने शेख सम्सादलाई पक्राउ गरेको छ । पक्राउ परेका सम्साद खातुनको वडा नंम्बर २ छपकैयाको छिमेकी भएको बुझिन आएको छ । घाइते खातुनको नारायणी अस्पतालमा उपचार भैरहेको छ । उनको मुख, हात, घाटीमा एसीडको नराम्रो प्रभाव परेको चिकित्सकले बताएका छन । प्रहरीले प्रारम्भिक अनुसंधानमा सम्सादले एसिड फयाक्ने काम गरेको र निजलाई नियन्त्रणमा लिने काम भएको बताएको छ । घटनामा संलग्न मजिद भने भाग्न सफल भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here