पकाहामैनपुरमा बितण्डा,अध्यक्ष बिरुद्ध उपाध्यक्षको उजुरी

0
302
Ad_Article_Top
Share

वीरगंज, भाद्र २०
पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मदन साह कानुलाई कारवाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालय पर्सामा उजूरी परेको छ । पालिकाको उपाध्याक्ष कुसमी देबी पटेलले आफुलाई अभद्र ब्यबहार तथा गाली गलौज गरेको भन्दै उनलाई कारवाहीको माग सहित उजूरी दिनुभएको हो । उनले दिएको निबेदनलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक अनन्तराज शर्माले दुबै पक्षलाइ्र्र झिकाइ छलफल गराउने भन्ने आदेश दिनुभएको समाचार प्राप्त हुन आएको छ । न्यायीक समितिको अध्यक्ष समेत रहेकी उपाध्याक्षले न्याय सम्पादन तथा स्थानीय स्तरमा नै सानातिना झैझगडा तथा समस्या समाधान गर्ने कानून अधिकार प्राप्त भएपनि त्यसलाई किन प्रयोग नगरेका भन्दा आफु उपर गरेको गालि गलौजको मुद्दा निरुपण आफैंले गर्न नमिल्ने भएकोले नै प्रहरी कार्यालय समक्ष उजूरी गरेको प्रतिक्रिया दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here