रुँगटा वेलफेयरको बार्षिकोत्सव सम्पन्न, कुम्हालटोललाइ्र्र एम्बुलेन्स मन्दिर आसपासको भट्टी हटोस, फाँसि वा आजन्म कैदको कानून बनोस -सांसद यादब

0
651
Ad_Article_Top
Share


संघिय सांसद प्रदिप यादवले एसिड आक्रमण घटनामा संलग्न हुनेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् । उनले विद्यमान कानुन संसोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले कानुन संसोधनका लागि आफूले संसदमा आवाज उठाउने बताए । रुंगटा वेलफेयर सोसाईटीले बार्षिकोत्सवको अवसरलमा वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद यादवले त्यस्तो बताएका हुन् । समाजवादी पार्टीका नेता समेत रहेको सांसद यादबले केही उद्योगीहरुले बीरगंजप्रति उपेक्षा गरि उपत्यकामा लगानी गरेकोमा आक्रोश समेत ब्यक्त गरे । उहाँले गहवा माई मन्दीरको दायाँ बायाँ गिता मन्दीरको दायाँ बायाँमा रहेका सेकुवा र भट्टी पसल अबिलम्ब हटाएर धार्मिक आश्थामा नपाले सहयोग पुर्याउन्ुपर्ने जिकिर गर्दै मास्टर प्लानको अभावमा बीरगंज महानगरले अपेक्षीत बिकास गर्न नसकेको भन्दै एडिबिका परियोजनाले गुणस्तरिय र मास्टर प्लान बिना नाला निर्माण गरेकोले बर्षातको समयमा इतिहाँसमा कहिल्यै पनि पानी नपसेको घर र पसलमा पनि पसेकोमा आपत्ति समेत ब्यत्त, गर्नुभयो । नेता यादबले सिर्सियालाई सफाइ गर्न बास्केट फण्ड तयार गरि सफाई अभियान संचालन गर्न जरुरी भएकोले त्यसमा सहमति भएमा आफुले संसद कोषबाट २ करोड दिने घोषणा समेत गरे । त्यसको लागि नपाले अगुवाई लिनुपर्ने जिकिर समेत गरे । नेता यादबलेृ बीरगंजमा खुल्ने बैंकहरुले सम्बन्धीत शहर वा स्थानकै कर्मचारी राख्नुपर्ने कानुन निर्माण गर्नुपर्ने र सिबैले नागरिक दायीत्व पुरा गर्न आवश्यक रहेको समेत सुझाए । एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । मुस्कानको किर्तिपुर वर्न अस्पतालमा उपचार भईरहेको छ । रुंगटा वेयलफेयर सोसाईटीले आफ्नो ८ औं बार्षिकोत्सवको अवसरमा वीरगञ्जका विभिन्न सामुदायिक विद्यालयका गरिब जेहेन्दार ५ सय विद्यार्थीलाई स्टेशनरी सामाग्री सहितको स्कुल व्याग तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोललाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेको छ । सोसाईटीका अध्यक्ष मुरलीधर रुंगटाले शिक्षा, स्वास्थ्य क्षेत्रमा संस्थाले गर्दै आएको कामलाई निरन्तरता दिने क्रममा विद्यार्थीलाई सहयोग गरेको बताए । कार्यक्रममा उनले १ लाख रुपैयाँ उपचार गराउन नसक्ने विरामीका लागि र उच्च शिक्षा अध्ययन पछि रकमको अभावमा अध्ययन गर्न नसक्ने अवस्थाका ८ जना विद्यार्थीका लागि छात्रवृत्ति दिन १ लाख छुट्याएको जानकारी गराए । कार्यक्रममा उद्योगपति बाबुलाल चाचन, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जारा लगायतले रुंगटा वेलफेयरले गर्दै आएको सामाजिक कामका बारेमा चर्चा गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here