पर्सागढीले अब काँचुली फेर्छ, शिक्षा, स्वास्थ्य ,कृषि र बिकाश निर्माणमा लाग्यौं – मेयर यादव

0
411
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, भाद्र २१
पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले कानुनी जटिलताका कारण सोचे जस्तो बिकाश हुन नसकेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम स्थानिय तहको गतिबिधि कार्यक्रममा बोल्दै यादवले कर्मचारी समायोजन, संघ र प्रदेशको कानुनी जटिलताको कारण नगरपालिका भित्र काम गर्न समस्या भएको बताउनुभयो । उहाँले कानुन र जनशक्ति अभावको बिचमा पनि नगरपालिकालले काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र रहेका बिद्यालयको भौतिक पुर्वाधारको संगै शिक्षामा बिशेष जोड दिएको बताउनुभयो । मेयर यादवले नगरको सर्वाङ्गिण बिकाशको लागि भुमि एृेन अन्य कानूनी ब्यबस्था समेत गर्न लागिएका कुरा समेत बताउनुभएको छ । उहाँले सामुदायीक बिद्यालयका छात्राछात्राहरुलाई खाजाको ब्यबस्था गरेपछि सुधारको सम्भावना बढी मात्रामा रहेको समेत बताउनुभएको छ । हरेक बिद्यालयमा सबैलाई गुणस्तरिय शिक्षाको लागि कुनै कसर बाँकी नराखिकन अघि बढेको समेत बताउनुभएको छ । नियमित रुपमा अनुगमन परामर्सको आधारमा शिक्षाको अवस्थामा समेत सुधार आउन थालेको बतउनुभयो । सडक, नाला लगायतका काममा समेत हाम्रो ध्यान जान थालृेको छ र सबैले अनुभति गर्ने गरि बिकास निर्माण र समाजीक सुधारका गतिबिधिलाई अघि बढाइएको समेत यादवले बताउनुभयो । मेयर यादवले नगरपालिका भित्र ५ वटा स्वास्थ्य चौकी मध्ये २ वटामा वर्थिङ्ग सेन्टर रहेको जानकारी दिनुभयो । उहाँले नगरपालिका भित्रका ९० प्रतिशत गर्भवति महिलाले वर्थिङ्ग सेन्टरमै जन्माउने गरेको बताउनुभयो । मेयर यादवले नगरपालिका भित्र २ वटा एम्बुलेन्स संचाल्नमा रहेको बताउनुभयो । संघले तोकेको भन्दा अलिकति पनि बढी सेवा सुबिधा नलिएको मेयर यादवले बताउनुभयो । उहाँले कृषि क्षेत्रको बिकाशको लागि नगरपालिका भित्र दुई वटा बाँध निर्माण गरिएको र तिलावेमा बाँध निर्माणको कार्य अघि बढेको बताउनुभयो । उहाँले माछा पालन संगै पुश बिकाशको लागि काम अघि बढेको बताउनुभयो । उहाँले नगरपालिका भित्र कुनै किचलो नभएको र सवैको सहकार्यमा काम अघि बढेको बताउनुभयो । उहाँले नगर परिषद पुर्व बिभिन्न चरणमा छलफल गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको बिकाशको लागि सवैको सहयोगको आवश्यकता रहेकोले कमी कमजोरी र सुझाव दिन स्थानियलाई आग्रह गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here