महागढीमाई नगरपालिका जिल्लाको १३ स्थानिय तहरुको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा

0
111
Ad_Article_Top
Share


वीरगंज, भाद्र २४
बाराको महागढीमाई नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नगरपालिकालाई कार्यक्रमका प्रमुख अतिथी एवं वारा जिल्ला समन्वय समितीका अध्यक्ष नवलकिसोर सिंहले १३ स्थानिय तहको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । नगरपालिकाका मेयर उपेन्द्र यादवको अध्यक्षतामा भएको घोषणा सभामा उपमेयर तारादेवी कानु, वडा अध्यक्षहरु सुदामा साह कानु, बिरेन्द्र राउत,उपेन्द्र प्रसाद जयसवाल, कृष्णामुरारी प्रसाद यादव,गजेन्द्र जयसवाल,रामजी प्रसाद बैर ,रामजनम प्रसाद यादव, जाहिर अंसारी,प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल,नगरपालिका सल्लाहकार जेजेवाईसी बाराका अध्यक्ष भैयाराम यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणामा सहयोग पुराउने बिभिन्न संघ संस्थालाई सम्मानि गर्नुको साथै स्वयंसेविकाहरुलाई मोबाईल समेत बितरण गरिएको थियो । कार्यक्रममा संगिता चौधरीले सांस्कृति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गढीमाई मन्दिर प्रागंनमा आयोजित कार्यक्रमको सहजीकरण रामबिनेश चौरसियाले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here