संर्घष समितीद्वारा सखुवा प्रसौनी गाँउपालिकामा दुई दिने अल्टीमेटम

0
176
Ad_Article_Top
Share

वीरगंज, भाद्र २५
पर्साको सखुवा प्रसौनी गाउँपालिका स्थानियहरु सघर्ष समिति बनाएर गाउँपालिकाको कामकारवाहीको बिरोधमा उत्रिएको छ । सघर्ष समितिले गाउँपालिकाको गाउँ परिषद् रद्द गरी पुन अर्को गाउँ सभा बोलाउन दुई दिने अल्टीमेटम दिएको छ । समितीले गाँउसभा लगायत गाँउपालिकाको आय व्यय पारदर्शी गर्न माँग माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

सखुवा प्रसौनी गाउँपालिका सघर्ष समितिका अध्यक्ष जयराम महतो थारु र नेकपाका युवा नेता यशवन्त यादवको नेतृत्वमा गाउँपालिका पुगेको स्थानियहरुको समुहले गाउँपालिकाकी उपमेयर फुलमती देवी चौधरीलाई सो ज्ञापन पत्र बुझाएका छन् । सघर्ष समितिले गाउँपालिकाका अध्यक्ष प्रदिप जैशवालले आर्थिक बर्ष २०७५र७६ को आर्थिक कारोवारको खर्च वितरण सार्वजनिक नगरेको तथा नियमलाई मिचेर गाउँसभा गाउँपालिका क्षेत्र भित्र नगरी गुपचुप रुपमा वीरगन्जको होटलमा गरेको भन्दै २०७६र७७ को उक्त परिषद् रद गरी यथाशिघ्र गाउँपालिका क्षेत्रमै गाउँसभा गर्न माग गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here