खुल्ला दिशामुक्त क्षेत्र घोषणाको गर्न बिन्दवासनी गाँउपालिकामा अनुगमन

0
180
Ad_Article_Top
Share

वीरगंज, भाद्र २५
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १,२ र ३ मा खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि अनुगमन गरिएको छ । गाँउपालिका प्रमुख श्रीलाल साह कानु मोदीको नेतृत्वमा बाँकी रहेको घरमा चर्पी निर्माण गर्न तथा चर्पी प्रयोग बारे जनचेतना जगाउन सो अनुगमन गरिएको हो । सो अवसरमा टोलीले वडा नम्बर १ गर्दौल, २ को बहुअर्वा र ३ को झौवा र ईटियाहीका स्थानियलाई चर्पी निर्माण गरी भदौ २७ गने हुने गाँउपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणालाई सफल बनाउन अनुरोध गरेका थिए । सो अवसरमा उपाध्यक्ष किरण देवी गुप्ता, वडा नम्बर १ वडा अध्यक्ष सागिर मियाँ, २ का संजय चौहान, ३ का सलमा खातुन ,वडा सदस्य गम्भिरा साह,जोखनी देवी, भगिया देवी, प्रमुख प्रशासकिृ अधिृकत सुजित कुमार साह, डिवास सिसिका उपेन्द्र ठाकुर, राजेन्द्र यादव ,रामप्रवेश साह,पुष्पलाल चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here