बिश्रामपुर गाँउपालिकामा सुशासन लागु गर्न आफु लागी परेको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रिको भनाई

0
497
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, भाद्र २६
बाराको बिश्रामपुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार क्षेत्रिले बिश्रामपुर गाँउपालिकामा जनप्रतिनिधि र कर्मचारी बिच सुमधुर सम्बन्ध रहेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जद्वारा संचालित कार्यक्रम बिश्रामपुरको बिकाश अभियान कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिृ अधिकृत क्षेत्रीले कानुन बाँझिएको अवस्थामा मात्र समान्य समस्या भएको बताउदै बाँकी कुनै ठाँउमा समस्या नभएको बताउनुभयो । उहाँले सेवाग्राहीहरुले ल्याएको नियम संगतको हरेक काम गरिदै आएको दावी गर्नुभयो । उहाँले बिकाश निर्माणमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताउदै स्वस्थ्य प्रतिस्पर्धाले पारदर्शी बिकाश हुने दावी गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत क्षेत्रिले कर्मचारीहरुले नियम बिपरित कुनै पनि काम नगर्ने गरेको बताउनुभयो ।उहाँले जनप्रतिनिधिले दवाव दिदैमा नियम बिपरितका काम कुनै पनि कर्मचारीहरुले नगर्ने गरेको बताउनुभयो । । उहाँले आफु आए देखि अनुगमन र मुल्याँकन गरेर मात्र बजेटको रकम निकासा गनै गरेको बताउनुभयो । उहाँले छिटैनै सार्वजनिक सुनवाई मार्फत गाँउपालिकाको हरेक गतिबिधिबारे प्रष्ट पारिने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले बिश्रामपुर गाँउपालिका भित्र सुशासन लागु गर्न सम्पुर्ण कर्मचारी लागि परेको बताउनुभयो । उहाँले छोरी शिक्षामा बिशेष जोड दिन गाँउपालिकाले साईकल बितरण गरेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न हरेक काममा सुक्षम अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कर्मचारी अभावको कारणले सोचे जस्तो काम गर्न नसकिएको बताउनुभयो । उहाँले छ महिनाको अवधिमा कुनै जनप्रतिनिधि र कर्मचारी बिच मनमुटाव नभएको दावी गर्नुभयो ।

उहाँले गाँउपालिकाको बिकाशको लागि हरेक जनता जागरुक संगै ईमन्दारीपुर्वक जनप्रतिनिधि र कर्मचारीहरु लाग्नुपर्ने बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here