जनप्रतिनिधिको काम कारवाहीले जनता निरास छन् – युवा नेता अकलेश साह

0
110
Ad_Article_Top
Share

वीरगंज,भाद्र २६
गैर राजनितिक व्यक्ति निर्वाचित भएकै कारण पर्साको बिकाश हुन नसकेको नेकपाका युवा नेता अकलेश साहले बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा आज कुरागर्दै युवा नेता साहले अधिकांश स्थानिय तहमा गैर राजनितिक व्यक्ति निर्वाचित भएकोले अढाई बर्ष बिति सक्दा पनि सोचे जस्तो बिकाश नभएको बताउनुभयो । उहाँले अहिलेका अधिकांश जनप्रतिनिधिहरु कमाउ धन्धामा लागेको आरोप लगाउनुभयो । ओबिसी पर्साका अध्यक्ष समेत रहेका साहले पिछडा वर्गमा अन्र्तगत रहेका जातीहरुको उत्थानको लागि काम गरिदै आएको बताउनुभयो ।

उहाँले ओबिसी अन्र्तगत रहेका सम्प्ुर्ण समुदायको बिकाशको लागि बिभिन्न योजनाहरु ल्याउने बताउनुभयो । उहाँले प्रदेश २ को राजधानी वीरगंजको बिकल्प नरहेको बताउनुभयो मधेश आन्दोलनको केन्द्र बिन्दु रहेको वीरगंजलाई मधेशवादी दलले ठगेको आरोप लगाउनुभयो ।उहाँले मितेरीपुलमा सम्पुर्ण मधेसवादी दलका नेताहरुले वीरगंजलाई नै प्रदेशको राजधानी बनाउन प्रतिवद्धता गरेकोले त्यो पुरा गर्न ईमन्दारिता देखाउन आग्रह गर्नुभयो ।

उहाँले वीरगंजलाई राजधानी बनाउन वीरगंजमा अनशन गरिएको बताउदै जनकपुर राजधानी भए वीरगंजमा कडा आन्दोलन हुने चेतावनी समेत दिनुभयो । उहाँले बारा पर्साका प्रदेश सभा सदस्यले वीरगंजलाई राजधानी बनाउन आवाज उठाएकोमा धन्यवाद समेत दिनुभयो। समाज परिर्वतन नेपालका अध्यक्ष समेत रहेका साहले वीरगंजको बिकाशको आफु सक्रिय रहेको बताउनुभयाो ।

https://www.facebook.com/100004645699079/videos/1381889298642580/?t=3

उहाँले आफुहरुको पहलमा आज पावर हाउस चौक देखि पश्चिमको सडकको रहेको खाल्डो पुरिएको बताउदै हिजो मात्र बीरगंज बाईपासको सडमा राखिएको निर्माण समाग्री र पुराना गाडीहरु हटाउने अभियान थालिएको बताउनुभयो । जनप्रतिनिधिको कामले जनताहरु निरास भएको कारण अब जनप्रतिनिधिहरुको भण्डाफोर गर्न बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here