मर्मतका लागि काठमाण्डौ-सिस्नेरी-हेटौँडा सडक शुक्रबार देखि केही दिनका लागि बन्द

0
171
Ad_Article_Top
Share :

meropathsala.com

 

 काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा जाने सडक शुक्रबारदेखि बन्द हुने भएको छ ।

दशैँमा यात्रुलाई सहज होस् भनेर सडक मर्मत र सफाइ गर्न लागिएकाले शुक्रबार देखि कामकाे प्रगति हेरी ३-४ दिन सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा चल्ने गाडी अब फाखेल भएर आउजाउ गर्नेछन् । बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म मर्मत र सफाइ हुने भएपनि गाडी भने राति पनि चलाउन नपाइने प्रहरीले जनाएको छ ।  

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here