वीरगञ्जबाट एक सामुदायिक विद्यालयका प्रअ सहित ५ जना १ लाख घुस रकम सहित अख्तियारको नियन्त्रणमा

0
12
Ad_Article_Top
Share

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सहित ५ जनालाई १ लाख घुस रकम सहित नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ स्थित दिलिप होटलबाट हिजो साँझ वीरगञ्ज–३१ वेलवा परसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ५ जनालाई १ लाख रुपैयाँ घुसहित नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले प्रधानाध्यापक सचिन्द्र कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य जमिल मियाँ र इलियाश मियाँलाई सेवाग्राहीसँग एक लाख घुसलिँदै गरेको समयमा नियन्त्रणमा लिएको थियो । वीरगञ्जको घण्टाघरदेखि आँखा अस्पताल जाने सडकमा रहेको प्रदिप होटलमा रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिन सफल भएको थियो ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको छ भन्ने सूचनाको आधारमा आएको अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here