एनआरसी विरुद्ध असमका नेपालीभाषी आन्दोलनमा उत्रिने

0
145
Ad_Article_Top
Share :


असममा रहेका लाखौं नेपालीभाषी समुदायको उठिबास हुने गरी सरकारले ल्याएको राष्ट्रिय पञ्जीकरण कार्यक्रम (एनआरसी) विरुद्ध त्यहाँका नेपाली संघसंस्था आन्दोलित हुने भएका छन्। शुक्रबार असमको गुवाहटीमा पत्रकार सम्मेलन गरी सरकारले नियतवश ल्याएको एनआरसीले वर्षौदेखि त्यहाँ बस्दै आएका नेपालीभाषीलाई लखेट्न खोजिएको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन्।

असम गोर्खा सम्मेलन, अखिल असम गोर्खा छात्र संघ, असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसंघ असम प्रदेश शाखालगायत संस्थाका प्रतिनिधि पत्रकार सम्मेलनमा उपस्थित थिए। असम गोर्खा सम्मेलनका सभापति आरपी शर्माले एनआरसी कुनै पनि हालतमा स्वीकार्य नहुने र सरकारले यसमाथि पुनर्विचार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए।

असम नेपाली साहित्यसभाका सभापति दुर्गाप्रसाद खतिवडाले नेपालीभाषी समुदायलाई टार्गेट गरेर ल्याइएको एनआरसीविरुद्ध आन्दोलनको विकल्प नभएको बताए। सन् १९५१ को लिगेसी डाटा, सन् १९४१ को जग्गाधनी पुर्जालगायत दस्तावेजलाई समेत बेवास्ता गर्दै एनआरसी ल्याइएको नेपालीभाषीको आरोप छ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here