बाराबाट प्रहरीद्वारा लागु औषध सहित एक जनालाई पक्राउ

0
41
Ad_Article_Top
Share


बाराबाट प्रहरीले प्लाष्टिकको बाल्टिन भित्र लागु औषध लुकाएर ल्याउँदै गरको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १३ फुलवरिया टोल बस्ने १९ बर्षिय अलि हुसेन मिया धोवी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरका अनुसार अवैध लागु औषध अनरेक्स १ सय एमएल ४० बोतल र निट्राभेट ट्याबलेट १५० थान सहित उनी पक्राउ परेका हुन् । उनले प्लाष्टिकको बाल्टिन भित्र तल लागु औषध राखी माथीबाट ग्रिसको लेप लगाएर ल्याएका थिए । प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले कलैया–१० स्थित कलैया–मटिअर्वा सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतको आदापुर तर्फबाट टेम्पो चढि आउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो । औषध सम्बन्धि मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनकोे म्याद अनुमति लिई थप अनुसनधान भई रहेको बारा प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here