‘भेट हुँदा’ मंगली 2 दर्शकको माझमा

0
61
Ad_Article_Top
Share


२ असोज, नेपालि संगितको आकाशमा जाज्जवल्यमान ताराको रुपमा चम्किरहनुभएको लोकप्रिय गायक शिब परियारको सुमधुर आवाजमा भेट हुँदा मंगली २ सार्बजनिक भएको छ ।

सम्पुर्ण दर्शक तथा श्रोताहरुको मनमुटुमा बस्न सफल अत्यन्तै हिट गितहरु पस्किसक्नुभएका प्रलाद शाहले लय दिनुभएको यो गीतमा शंकर थापा ले संगित गर्नुभएको छ । सबैले रुचाएको कार्टुन्ज क्रिउ ले अभिनय गरेको यो गीतलाई शान थापाले निर्देशन गर्नुभएको छ ।

यस भन्दा अगाडीका पनि थुप्रै गीतहरु दर्शक श्रोताले रुचाइदिएको हुनाले यो गीतले पनि सबैको मन जित्नेमा बिश्वस्त भएको सर्जक तथा रचनाकार प्रलाद शाहले बताउनुभयो ।

यसरी सबै हिट गीत दिनुको कारण दर्शक श्रोताको माया भएको बताउँदै उहाँले यसैगरी सबैको साथ, समर्थन र मायाको अपेक्षा समेत गर्नुभएको छ ।

गायक शिब परियारको मंगलीले पनि बजारमा माहोल तताएको थियो । फलस्वरुप मंगली २ ले पनि बजार तताउनेमा ढुक्क भएको गायक परियारले बताउनुभयो ।

गीतको भिडियो हेर्नुहोस् ः


Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here