कानु हलुवाई कान्दु मध्यदेशिय समाजको आठौं केन्दि«य बैठक सम्पन्न, डाँ. रिषर्भ रेशु सहित बिभिन्न व्यक्तिहरु सम्मानित

0
377
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज, असोज ४
कानु हलुवाई कान्दु मध्यदेशिय समाज नेपाल बाराले आज कलैयामा आयोजित एक कार्यक्रमका बिच ज्योतिष एवं धर्म शास्त्रका शोधकर्ता डाँ. रिषभ रेशुलाई सम्मानित गरेको छ । समाजको राष्ट्रिय एकता अभियान एवं आठौं केन्द्रिय बैठकको अवसरमा आयोजित कार्यक्रममा डाँ. रेशुलाई सम्मानित गरिएको हो । संस्थाले कानु समाजको प्रतिष्ठा देश बिदेशमा बढाएको तथा छोटो उमेरमै नै समाजको लागि महत्वपुर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको संस्थाका जिल्ला अध्यक्ष दारिका साह कानुले बताउनुभयो । केन्दिय अध्यक्ष आर. बि साहको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नाक कान र घाटी रोगका बिशेषज्ञय डा. अशोक कुमार गुप्ता लगायत उच्च ओहदामा बसी समाजलाई योगदान गर्ने बिभिन्न व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साह, पुर्व सांसद प्रमोद गुप्ता, कार्यक्रम संयोजक हरिनारायण साह, केन्द्रिय कोषाध्यक्ष रामाशिष साह कानु लगायतको सहभागिता रहेको थियो । वक्ताहरुले कानु सममजको नाममा खोलिएका जातिय संगठनहरुलाई एकिकरण गरि नयाँ सिराबाट अघि बढन सुझाव दिएका थिए । साथै जातिय एकता कायम गर्दै समाजबाट दाईजो प्रथा उन्मुलन गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here