नेशनल मेडिकल स्वास्थ्यको क्षेत्रमा यस भेगको क्रान्ति हो , कहि नभएको सेवा दिएका छौं तर आलोचना मुक्त हुन सकेनौ – डा. जैनुद्दिन

0
254
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, असोज ५
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका संस्थापक डा. जैनुदिन अंसारीले वीरगंजमा डाक्टरको अभावको कारण नेशनल मेडिकल कलेजको स्थापना गरेको बताउनुभयो । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा आज कुरा गर्दै डा. जैनुदिन अंसारीले वीरगंजमा पनि गरिबको छोराछोरी पनि डाक्टर बनुन र यस क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरुन भन्ने उद्देश्यले कलेज स्थापन गरिएको बताउनुभयो । उहाँले स्थापनका कालमा ज्यादै नै चुनौती भएको बताउदै लामो संर्घष पछि नेशनल मेडिकल कलेज आजको उचाई हासिल गरेको बताउनुभयो । डा. अंसारीले डा. गोबिन्द केसिले नेपाली मेडिकल शिक्षालाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । आफनो कार्यकालमा नारायणी अस्पतालमा निकै सुधार गरेको बताउदै डा. अंसारीले आफु दिल्लीबाट शल्यक्रियाको समान मगाएर नारायणी अस्पतालमा नियमित शल्यक्रिया गरेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिको अभावको कारण नारायणी अस्पतालमा सोचे जस्तो बिकाश हुन नसकेको बताउनुभयो । उहाँले नेपाली जनताको जिवन स्तरलाई मध्य नजर गर्दै सस्तो शुल्कमा नेशनल मेडिकल कलेजमा उपचार भईरहकोे बताउनुभयो । उहाँले उपचारको लागि कसैले घर जग्गा बेच्न नपरोस उदेश्यलले आफुुहरुले सेवा दिईरहेको बताउनुभयो । उहाँले नेशनल मेडिकल कलेजबाट कार्डियोग्रफि,पेडियोआर्टिक,लेजर सर्जरी, लगायतका उच्च स्तरीय र सुक्षम उपचारहरु शुचारु गरिएको बताउनुभयो । उहाँले नेपाल सरकारबाट प्रदान एक लाखको सहयोग रकम राजनितिक पहुचको अधारमा सुबिधा नै नभएको अस्पताललाई दिइएकोमा आपति समेत जनाउनुभयो । उहाँले भारतमा निकै महँगो पर्ने उपचारहरु पनि नेशनल मेडिकल कलेजबाट सस्तो रुपमा प्रदान भईरहेको बताउनुभयो । उहाँले नियोजित तरिकाले नेशलन मेडिकल कजेजालाई बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो ।उहाँले ठुला मिडियाले पनि नकारत्मक कुरा मात्र प्रचार गरेकोले भ्रम पैदा भएको आरोप लगाउनुभयो ।उहाँले नेपालले ल्याएको चिकित्सा शिक्षा ऐनले केही सुधार हुने बिश्वसा गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here